एसईई २०८१ को नतीजा आज प्रकाशीत हुने (यसरी हेर्न सकिन्छ नतीजा)
राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुने भएको छ।
परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार केही प्राविधिक कुरा मिलाउने क्रम जारी रहेकोले साँझ नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने बताए ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।





