माधवकाे पक्षमा बहस गर्न सय बढी वकिलले टिपाए नाम

मूलखबर संवाददाता
काठमाडौं, ११ असार

पतञ्जली जग्गा प्रकरणमा अख्तियारले मुद्वा दायर गरेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पक्षमा बहस गर्न एक सय भन्दा बढी वकिलले नाम टिपाएका छन्।

आज विशेष अदालतमा नेपालसहितकाे मुद्वामा बहस भइरहेको छ ।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बहसका लागि माधव नेपालको पक्षबाट मात्रै एक सय जनाभन्दा बढीले वकालतनामा गरेको बताए।

बुधबार माधव नेपाल विशेष अदालतमा थुनछेक प्रक्रियाका लागि उपस्थित भएका थिए।

न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सकिसकेको छ। उनको थुनछेक बहस आज सुरू हुनेछ। सम्भवतः बहस आज सकिने छैन ।

माधव नेपालको पक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोबिन्द बन्दी, सुशील पन्त लगायतले बहस गर्ने तयारी गरेका छन्।

पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री नेपालसहितमाथि मुद्दा दायर भएको  छ ।