पशुपति भ्रष्टाचार प्रकरणमा किराँती भन्छन् – दाेषीलाई कार्वाही हाेस्

मूलखबर संवाददाता
काठमाडौं, ९ असार

पुर्व संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिकाे शव दाहकाे अनियमिततामा अख्तियारले आफुलाई निर्दाेष प्रमाणित गरिसकेपछि पनि सामाजिक सञ्जालमा फाेटाे टाँसेर बदनाम गर्न खाेजिएकाे भन्दै दुःख व्यक्त गरेका छन् ।

पशुपतिकाे विद्युतिय  शव दाहकाे मेसिन खरिदकाे विषयमा अख्तियारले १४ जनालाई भ्रष्टाचार मुद्वा दर्ता गरेको छ । किराँतीले त्यस विषयमा आफैंले पर्यटनमन्त्रीलाई छानविनकाे लागि माग गर्दै अख्तियारसँग समेत बयान दिएकाे बताएका छन् । उनलेे कसैले काेहीमाथि उजुरी हाल्न पाउँछ, हालेपछि छलफल बयान हुन्छ तर त्यसैलाई अतिरञ्जित गरेर बदनाम गर्न पाइन्न भनेका छन् ।

उनलेे भ्रष्टाचारी जाे भएपनि कडा कार्वाही हुनुपर्ने बताएका छन् ।

उनलेे सामाजिक सञ्जालमा ३ प्रश्नसहित लेखेका छन्- 

पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणीत भइसक्यो । अझै पनि सामाजिक संजालहरुमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरुप्रति दया लाग्छ ।
मेरो केही प्रश्न :
– यो विषयमा सामान्य चर्चा सुन्न साथ मैले तत्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष निवेदन हाली छानविनको माग गरेको तपाईहरुलाई थाहा छ ? उक्त विषयमा अनुसन्धान हुँदा सहयोग गर्नु मेरो कर्तव्य होइन ?
– नेपालको कानुनमा भ्रष्टाचार सम्बन्धी उजुरी हाल्ने अधिकार सबैलाई छ । यति सम्म कि, बेनामे पनि लाग्छ । सुदन किरातीलाई पनि उजुरी कसैले लगायो त्यो कुन ठूलो कुरा भयो ?
– सुदन किरातीलाई मात्र होइन उजुरी वडा अध्यक्ष देखी पूर्व प्रधानमन्त्रीहरु सहित लाखौं मान्छेलाई लागेको छ र यस्तो विषयमा सम्बन्धित निकायले जानकारी लिनु र सहयोग माग्नु सामान्य प्रक्रिया होइन र ?
– कसैले अख्तियारको दुरूपयोग गरि कानुन विपरित काम गर्छ भने सजायको भागिदार बन्नै पर्छ । “भ्रष्टाचार देशको शत्रु हो” म स्पष्ट छु अर्को जुनीको मलाई विश्वास छैन । भ्रष्टचारी जस्तो पापीलाई यही जुनीमा सजाय दिनुपर्छ भन्नेमा म दृढ छु र सँधै रहि रहनेछु ।
धन्यवाद !