पुर्वाधार समितिका सांसदहरूले गरे ग्वार्काे ओभरपासकाे अनुगमन
संघीय संसद अन्तरगत संसदीय समितिका सदस्यहरूले ग्वार्को ओभरपासको निरीक्षण गरेका छन्।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समिति सदस्यहरूले ओभरपासकाे निरिक्षण गरेका हुन् । समितिका सभापति दीपक सिंहको संयोजकत्वमा गएका सांसदहरूकाे टाेलीले ललितपुरको ग्वार्को स्थित ओभरपास स्थलगत अनुगमन गरेको हो।
पटक पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी पछिल्लो समय निर्माण सम्पन्न गरिएको सो ओभरपास यही ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उत्घाटन गर्ने तय भएको छ।





