आज प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, रास्वपाले विरोध जारी राख्ने
आज दुबै सदनका बैठक बस्ने भएको छ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनको बैठक बस्ने कार्यसूची रहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको जनाइएको छ ।
बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ुसंघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ु पेस गर्ने कार्यसूची छ।
आजकै बैठकबाट बजेटमाथिको सामान्य छलफल सुरू गरिने कार्यसूची छ। भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले प्रतिनिधि सभा अवरूद्ध गर्दै आएका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० शुक्रबार सत्तापक्ष दलहरूसँग दुई बुँदे सहमति गरी संसद खुलाउन तयार भएपछि संस बैठक सुचारु भएको थियो । तर रास्वपा र राप्रपाले भने बैठकमा विरोध जारी राख्ने बताएका छन् ।





