मौसम : आज हुन सक्छ तीन प्रदेशमा वर्षा
आज कतै यात्रा गर्दै हुनुहुन्छ वा गर्ने सोचमा हुनुहुन्छ ? याद राख्नुस यस्तो छ आजको मौसम । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मनसुन कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन।
शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भएको छ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।
त्यस्तै कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



