लमजुङ नेकपाद्वारा राष्ट्रिय जागरण अभियान शुरू
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) लमजुङले आजदेखी केन्द्रिय कार्यक्रम अन्तरगत राष्ट्रिय जागरण अभियान शुरूवात गरिएको जनाएको छ ।
आज जिल्ला सदरमुकाम बेसिशहरमा आयाेजित बैठकपछि पत्रकार सम्मेलन गर्दै नेकपाले जिल्लामा अभियान शुरूवात गरिएको जनाएको हाे ।
जिल्ला पार्टी इन्चार्ज रामबाबु अधिकारीले केन्द्रमा २०८३ कार्तीक ७ देखी शुरू भएको अभियान अब मंसीर २५ सम्म संचालन गरिने बताए ।
उनलेे केन्द्रमा मंसिर ७ गते शुरु भएकोमा अब जिल्लामा जिल्लामा पनि संचालन हुने बताए ।
राष्टिय जागरण अभियान अन्तरगत नेपालको राष्ट्रिय स्वाधीनता, जनजीविका, लोकतान्त्रिक अधिकार, सुशासन र सामाजिक न्यायका सवालहरुका बारेमा आम नागरिकलाई जागरुक बनाईने उनलेे बताए ।
जिल्ला संयाेजक सुनिल सुनारले अभियानका क्रममा सदस्यता नविकरणदेखी महाधिवेशन तयारीसम्म, विदबाट प्रभावित परिवारलाई राहत देखि जनश्रम सम्म र महंगी र कुशासनकाे विराेध र भण्डाफाेरसहित संगठन विस्तार र सुदृढीकरण गरिने बताए ।
साे क्रममा सहइन्चार्ज मधु अधिकारी, देब बहादुर दुरा, हिमकुमारी सुनार, मेखबहादुर भण्डारीलगायतका नेता तथा कार्यकर्ताहरूकाे सहभागीता रहेकाे थियाे ।






