यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्रेस सेन्टर नेपाल २१ ओैं वर्षमा प्रवेश, राजधानीमा प्रभातफेरी, देशैभर कार्यक्रम. क्रान्तिकारी पत्रकारहरूकाे संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ ओैं वर्षमा प्रवेश गरेकाे छ । माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संगठन विभिन्न आराेहअवराेह तथा संगठनहरूबीच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालकाे रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा देशव्यापी कार्यक्रमहरूसहित मनाउन लागेकाे छ ।. साे अवसरमा संघिय राजधानी काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयाेजना गरिएको छ भने विभिन्न जिल्लाहरूमा रक्तदान, अन्तरक्रिया, सहिद परिवार भेटघाट, सरसफाइ लगायतका गतिविधि र कार्यक्रमहरू आयाेजना गरिएको केन्द्रीय महासचिव सन्ताेष पाैडेलले जानकारी दिए । उनलेे स्थापना दिवसकै सन्दर्भमा केन्द्रीय समिति बैठक आयाेजना गरिएको पनि बताए । केन्द्रीय समिति बैठकले संगठनकाे पाँचौ राष्ट्रिय महाधिवेशनकाे बारेमा ठाेस निर्णय र कार्यतालिका सार्वजनिक गर्ने पनि उनलेे बताए ।. यस्तो छ प्रेस सेन्टरकाे ईतिहास –. संरचनालाई स्थानीय तहसम्म लैजाने महत्वपूर्ण निर्णय ग¥यो । यस निर्णयबाट स्थानीय तहमा पत्रकारहरुको संगठन बनाउने हाम्रो संगठन पहिलो बन्यो । २०७३ असोज १३ र १४ गते काठमाडौंमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । संगठनका संयोजक क. गोविन्द आचार्यको अध्यक्षता र नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भएको एकताको महाधिवेशनले क. महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवशन मानिएको छ । २०७६ पुस १२ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको एकताको भेला भयो । दुई संगठनको एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल रह्यो । प्रेस संगठन नेपालको एकताको प्रथम राष्ट्रिय भेलाबाट प्रेस सेन्टर नेपालका अध्यक्ष क. महेश्वर दाहालको संयोजकत्वमा २४९ सदस्यीय केन्द्रीय समिति र लेखा तथा अनुशासन आयोग गठन ग¥यो । संगठनको सहसंयोजकमा प्रेस चौतारी नेपालका अध्यक्ष क. गणेश बस्नेत रहनुभयो । प्रेस संगठन नेपालको प्रथम एकता भेला प्रेस सेन्टरका अध्यक्ष क. महेश्वर दाहालको अध्यक्षतामा भएको र सो भेलाबाट क. महेश्वर दाहाल संयोजकमा चुनिनुभएकोले उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रुपमा लिइएको छ ।. पुनर्गठन र पुनः प्रेस सेन्टर नेपाल प्रेस संगठन नेपालको गठन भएको एकवर्षपछि तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन गरे । उक्त विघटनलाई प्रेस संगठन नेपालले असंवैधानिक र प्रतिगामी भएको ठहर ग¥यो । र, प्रेस संगठनले प्रतिगमनको विरुद्धमा सबै प्रकारको संघर्ष ग¥यो । प्रेस संगठनभित्रको सानो समूहले प्रतिनिधिसभा विघटनलाई सही भन्यो । सोही एजेण्डामा संगठनका सहसंयोजक गणेश बस्नेतले आफ्नो संयोजकत्वमा सानो समूह लिएर प्रेस संगठनको घोषणा गरे । र, उनले प्रेस संगठनमा विभाजन ल्याए । संगठनबाट बस्नेतसहित केही बाहिरिएपछि २०७७ फागुन ११ गते प्रेस संगठन नेपालको केन्द्र, प्रदेश र जिल्लाका सबै समितिहरुको पुनर्गठन भयो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई भंग गर्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) पुनस्र्थापित गरिदिएपछि प्रेस संगठन नेपालको पुनर्गठित समितिमा रहनुभएका तात्कालीन प्रेस चौतारी नेपालबाट एकतामा जोडिनुभएका साथीहरु प्रेस संगठन नेपालबाट अलग हुनुभयो । हामीले हाम्रै नेतृत्वमा रहेकाले नेकपा (माओवादी केन्द्र)को पुनस्र्थापना भएपछि पनि संगठनको नाम प्रेस संगठन नेपाल नै कायम गरेर संगठनात्मक गतिविधि अगाडि बढायौँ । संगठनको महाधिवेशन तयारीका सम्बन्धमा प्रेस संगठन नेपालको केन्द्रीय समितिको बैठक २०७८ असोज १६ गते काठमाडौंमा बस्यो । बैठकले संगठनको केन्द्रीय समितिलाई चौथो महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै प्रेस संगठन नेपालको नामलाई परिवर्तित गरी पुनः प्रेस सेन्टर नेपाल रहने गरी संगठनको अन्तरिम विधान पारित गर्यो । क. महेश्वर दाहालको संयोजकत्वमा आयोजक समिति गठन गरियो । संगठनको चौंथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भयो । महधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्यो । त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोश्रो पूर्ण बैठकबाट महासचिवमा सन्तोष पौडेल सहित १ बरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, १ कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गर्यो ।.
प्रेस सेन्टर नेपाल २१ ओैं वर्षमा प्रवेश, राजधानीमा प्रभातफेरी, देशैभर कार्यक्रम
मूलखबर संवाददाता
काठमाडौं, १५ माघ
क्रान्तिकारी पत्रकारहरूकाे संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ ओैं वर्षमा प्रवेश गरेकाे छ । माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संगठन विभिन्न आराेहअवराेह तथा संगठनहरूबीच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालकाे रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा देशव्यापी कार्यक्रमहरूसहित मनाउन लागेकाे छ ।
साे अवसरमा संघिय राजधानी काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयाेजना गरिएको छ भने विभिन्न जिल्लाहरूमा रक्तदान, अन्तरक्रिया, सहिद परिवार भेटघाट, सरसफाइ लगायतका गतिविधि र कार्यक्रमहरू आयाेजना गरिएको केन्द्रीय महासचिव सन्ताेष पाैडेलले जानकारी दिए । उनलेे स्थापना दिवसकै सन्दर्भमा केन्द्रीय समिति बैठक आयाेजना गरिएको पनि बताए । केन्द्रीय समिति बैठकले संगठनकाे पाँचौ राष्ट्रिय महाधिवेशनकाे बारेमा ठाेस निर्णय र कार्यतालिका सार्वजनिक गर्ने पनि उनलेे बताए ।
यस्तो छ प्रेस सेन्टरकाे ईतिहास –
संरचनालाई स्थानीय तहसम्म लैजाने महत्वपूर्ण निर्णय ग¥यो । यस निर्णयबाट स्थानीय तहमा पत्रकारहरुको संगठन बनाउने हाम्रो संगठन पहिलो बन्यो ।
२०७३ असोज १३ र १४ गते काठमाडौंमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । संगठनका संयोजक क. गोविन्द आचार्यको अध्यक्षता र नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भएको एकताको महाधिवेशनले क. महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवशन मानिएको छ ।
२०७६ पुस १२ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको एकताको भेला भयो । दुई संगठनको एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल रह्यो । प्रेस संगठन नेपालको एकताको प्रथम राष्ट्रिय भेलाबाट प्रेस सेन्टर नेपालका अध्यक्ष क. महेश्वर दाहालको संयोजकत्वमा २४९ सदस्यीय केन्द्रीय समिति र लेखा तथा अनुशासन आयोग गठन ग¥यो । संगठनको सहसंयोजकमा प्रेस चौतारी नेपालका अध्यक्ष क. गणेश बस्नेत रहनुभयो ।
प्रेस संगठन नेपालको प्रथम एकता भेला प्रेस सेन्टरका अध्यक्ष क. महेश्वर दाहालको अध्यक्षतामा भएको र सो भेलाबाट क. महेश्वर दाहाल संयोजकमा चुनिनुभएकोले उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रुपमा लिइएको छ ।
पुनर्गठन र पुनः प्रेस सेन्टर नेपाल
प्रेस संगठन नेपालको गठन भएको एकवर्षपछि तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन गरे । उक्त विघटनलाई प्रेस संगठन नेपालले असंवैधानिक र प्रतिगामी भएको ठहर ग¥यो । र, प्रेस संगठनले प्रतिगमनको विरुद्धमा सबै प्रकारको संघर्ष ग¥यो ।
प्रेस संगठनभित्रको सानो समूहले प्रतिनिधिसभा विघटनलाई सही भन्यो । सोही एजेण्डामा संगठनका सहसंयोजक गणेश बस्नेतले आफ्नो संयोजकत्वमा सानो समूह लिएर प्रेस संगठनको घोषणा गरे । र, उनले प्रेस संगठनमा विभाजन ल्याए । संगठनबाट बस्नेतसहित केही बाहिरिएपछि २०७७ फागुन ११ गते प्रेस संगठन नेपालको केन्द्र, प्रदेश र जिल्लाका सबै समितिहरुको पुनर्गठन भयो ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई भंग गर्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) पुनस्र्थापित गरिदिएपछि प्रेस संगठन नेपालको पुनर्गठित समितिमा रहनुभएका तात्कालीन प्रेस चौतारी नेपालबाट एकतामा जोडिनुभएका साथीहरु प्रेस संगठन नेपालबाट अलग हुनुभयो । हामीले हाम्रै नेतृत्वमा रहेकाले नेकपा (माओवादी केन्द्र)को पुनस्र्थापना भएपछि पनि संगठनको नाम प्रेस संगठन नेपाल नै कायम गरेर संगठनात्मक गतिविधि अगाडि बढायौँ ।
संगठनको महाधिवेशन तयारीका सम्बन्धमा प्रेस संगठन नेपालको केन्द्रीय समितिको बैठक २०७८ असोज १६ गते काठमाडौंमा बस्यो । बैठकले संगठनको केन्द्रीय समितिलाई चौथो महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै प्रेस संगठन नेपालको नामलाई परिवर्तित गरी पुनः प्रेस सेन्टर नेपाल रहने गरी संगठनको अन्तरिम विधान पारित गर्यो । क. महेश्वर दाहालको संयोजकत्वमा आयोजक समिति गठन गरियो ।
संगठनको चौंथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भयो । महधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्यो । त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोश्रो पूर्ण बैठकबाट महासचिवमा सन्तोष पौडेल सहित १ बरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, १ कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गर्यो ।