मलेसियामा बढ्यो जनसंख्या, कसरी ?

मूलखबर संवाददाता
काठमाडौं, २९ कात्तिक ।

नेपालीको प्रमुख श्रम गन्तव्य बनेको मलेसियाको जनसंख्या बढेको छ । विश्वभर जनसंख्या कम भइरहेको प्रचार भइरहेका बेला मलेसियाको जनसंख्या बढेको तथ्यांक आएको हो । मलेसियाको कुल जनसंख्या ३४.१ मिलियन पुगेको छ। यस वर्षको तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले बढेर सो संख्या पुगेको आधिकारिक तथ्यांकले देखाएको छ।

सोही अवधिमा जन्मदरमा कमी आएपछि जनसंख्या वृद्धि दरमा पनि केही कमी आउन थालेको तथ्याङ्क मलेसिया विभागले जनाएको छ। कुल जनसङ्ख्यामा ९० प्रतिशत नागरिक र १० प्रतिशत गैर नागरिक थिए। गत वर्षको १७.६ मिलियनमा पुरुषको संख्या बढेर १७.९ मिलियन पुगेको छ भने महिला १६ करोडबाट बढेर १६.२ मिलियन पुगेको छ।

तेस्रो त्रैमासिकमा मलेसियनहरूको जनसंख्या ५८.१ प्रतिशत रहेको छ भने चिनियाँ र भारतीय जनसंख्या एक वर्ष अघिको २२.५ प्रतिशत र ६.६ प्रतिशतको तुलनामा क्रमशः २२.४ प्रतिशत र ६.५ प्रतिशतमा झरेको छ। तेस्रो त्रैमासिकमा कुल ४८ हजार ३१७ जनाको मृत्यु भएको छ। जुन गत वर्षको तुलनामा १.९ प्रतिशतले बढेको छ।