टर्कीको इस्तानबुलमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा, ३ काे मृत्यु, ४ वेपत्ता

मूलखबर संवाददाता
काठमाडौं

टर्कीको इस्तानबुलमा कम्तीमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा भएको छ ।

भारी बर्षापछि बिहीबार प्रशासन र स्थानीय सङ्घसंस्थाले नागरिकलाई बाढीबाट सुरक्षा जोगाउन सङ्घर्ष गर्नुपरेको छ।

अधिकारीहरूका अनुसार यो कम्तीमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा हो । मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने चार जना बेपत्ता छन् ।

बुधबार बिहानदेखि टर्कीको सबैभन्दा ठूलो शहरमा वर्षा सुरु भएको थियो र दिनभरि तीव्र हुँदै गएको थियो। यसले अराजकता र अचानक बाढी निम्त्यायो। भिडियोहरूमा बर्षापछि आएको तीव्र बाढीले कारहरू बगाएको देखिन् छ।

“हामी यहाँ सन् १९४२ मा रेकर्ड सुरु भएदेखिको इस्तानबुलको उच्चतम वर्षाको कुरा गर्दैछौँ,” इस्तानबुलका गभर्नर दाउत गुलले भन्नुभयो ।

कागितहाने क्षेत्र (युरोपेली भाग) को एउटा पार्क नजिकै एक पुरुषको शव भेटिएपछि बाढीबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गुलको कार्यालयले विज्ञप्तिमा जनाएको छ ।

आँधीले बालत क्षेत्रमा एउटा पोखरीमा टेकेर बिजुलीको झट्का लागेका १४ वर्षीय बालकको पनि ज्यान लियो। उनलाई अस्पताल लगिए पनि चिकित्सकहरूले बचाउन सकेनन्, अधिकारीहरूले भने।

चार जना अरू बेपत्ता छन्, अधिकारीहरूले जनाएका छन् ।