
ब्राजिलमा मजदुर नेता लुला दा सिल्भा तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित
ट्रेड युनियन आन्दोलनबाट उदाएका ब्राजिलका लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको सर्वोच्च पदमा तेस्रो कार्यकालका लागि निर्वार्चित भएका छन् ।
विश्वको धेरै जनसंख्या भएका राष्ट्रहरुमध्ये लुइज इनासियो लुला दा सिल्भा आइतबार ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले ५०.८९ प्रतिशत मत प्राप्त गरे, जसमा ९९.७६ प्रतिशत मत गणना गरिएको थियो र ४९.११ मत प्राप्त गरेका वर्तमान जैर बोल्सोनारोलाई पराजित गरे। बोत्सोनारो अमेरिकी पक्षधर हुन ।
ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अक्टोबर ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान जैर बोल्सोनारोलाई कडा प्रतिस्पर्धा पछि पराजित गर्दै विजयी भएका हुन् ।
एक क्यारिज्म्याटिक राजनीतिज्ञ, लुला अमेरिकी वामपन्थीको पावर हाउस हुन । उत्तरपूर्वको पर्नाम्बुकोमा जन्मेका उनका आमाबाबु किसान थिए, गरिबीका कारण आफ्ना आठ छोराछोरीलाई खुवाउन सक्दैनथे । उनी सात वर्षको उमेरमा, उनकी आमा र छ जना भाइबहिनीहरू राम्रो जीवनको खोजीमा साओ पाउलो राज्यमा बसाइँ सरे । त्यसको तीन बर्ष पछि पून पहिले बन्दरगाह शहर सान्तोसमा र पछि सबैभन्दा धेरै जनसंख्या भएको राज्यको राजधानीमा बसाइँ सरे ।
औपचारीक शिक्षा २ कक्षामात्रै लिएका उनले साओ पाउलोमा हुँदा चरम गरिवीको कारण जुत्ता पोलिस गर्ने काम शुरु गरे । र पछि कारखानामा काम पाए। उनले १७ वर्षको हुँदा मेसिनरी दुर्घटनामा बायाँ हातको कान्छी औंला समेत गुमाउनु पर्यो ।
उनले आफ्नो राजनीतिक करियर २० वर्षको प्रारम्भमा ट्रेड युनियन सक्रियताबाट सुरु गरेका थिए । २५ वर्षको उमेरमा उनले आफ्नो बिबाहको दुई वर्षमै आठ महिनाकी गर्भवती श्रीमती लुर्डेसलाई हेपाटाइटिसको कारण गुमाउन पुगे । उनले ट्रेड युनियन नेताको रूपमा आफ्नो काम जारी राखे । सन् १९७५ मा उनी शक्तिशाली धातु मजदुर युनियनको अध्यक्षमा चुनिए। लुलाले ब्राजिलको तानाशाही सरकारलाई चुनौती दिँदै धेरै हड्तालहरू आयोजना गरे, प्रजातन्त्र र मजदुर आन्दोलनको प्रतीकको रूपमा आफ्नो छविलाई बलियो बनाउँदै, पोल्याण्डको लेच वालेसासँग तुलना गर्न योग्य बने ।
सन् १९८० मा लुलाको नेतृत्वमा मजदुर, बुद्धिजीवी र कलाकारहरूको एक समूहले सैन्य शासनको प्रतिक्रियामा वर्कर्स पार्टीको स्थापना गरे । एक बहुलवादी वामपन्थी पार्टी जसले ट्रेड युनियनवादीहरू, बुद्धिजीवीहरू, कलाकारहरू र अभियान्ताहरू लगायतलाई एकसाथ संगठनमा आवद्ध गरे ।
उनी ल्याटिन अमेरिकाको गुलाबी ज्वारको हिस्सा बनेर सन् २००२ मा निर्वाचित हुनु अघि पनि तीन पटक राष्ट्रपतिको लागि चुनावी प्रतिस्पर्धामा थिए । उनको समयमा, ब्राजिलले कमोडिटीको विश्वव्यापी मागमा बढेको थियो । उक्त व्यापार वृद्धिले आर्थिक छालाङको रुपमा देशको अर्थतन्त्रमा व्यापक सुधार गरे । उनको कार्यकालमा २ करोड भन्दा धेरैलाई गरिबीको रेखाबाट बाहिर निकाल्ने काम गरे साथै विशाल सामाजिक कल्याणकारी कार्यक्रमहरूको लागू गरे ।
अमेरिकाको योजनामा राजनीतिक प्रतिशोधको आधारमा सन् २०१८ अप्रिलमा न्यायाधीश सर्जियो मोरोद्वारा घोषणा गरिएको “अपरेशन कार वाश” (“लाभा जाटो”) अनुसन्धानको भागको रूपमा लुलालाई भ्रष्टाचारको आरोपमा जेल पठाइयो। फराकिलो अनुसन्धानले ब्राजिलको राज्य तेल कम्पनी पेट्रोब्रासलाई ल्याटिन अमेरिकामा प्रभाव पार्ने किकब्याक योजनाको अनुसन्धान गर्यो ।
उक्त अनुसन्धानबाट लुला दोषी नदेखिएपछि उनलाई रिहा गर्ने निर्णय सुनायो । ब्राजिलको सर्वोच्च अदालतले फैसला गर्यो कि कैदीहरूलाई विना प्रमाण जेल हाल्न सकिँदैन । लुला ५८० दिन जेलमा बिताएपछि २०१९ को नोभेम्बरमा रिहा भएका थिए ।
राष्ट्रपति चुनावको पहिलो चरणको कडा नतिजा (लुलाको लागि ४८%, बोल्सोनारोको लागि ४३%), मतदानले बोल्सोनारोको लोकप्रियतालाई कम आँकलन गरेको देखाउँदै, लुलालाई व्यापक गठबन्धन निर्माण गर्न र केन्द्रमा जान बाध्य तुल्यायो। उनले कांग्रेसमा पनि चुनौतीहरूको सामना गर्नेछन्, जहाँ बोल्सोनारोको पार्टीले महत्त्वपूर्ण लाभहरू हासिल गरेको छ ।
ब्राजिल सन् २०२१ को दोस्रो आधामा मुद्रास्फीतिबाट नराम्ररी प्रभावित भएको थियो र, अहिले मुद्रास्फीति घट्दै गएको र देशको अर्थतन्त्र सुधार हुँदै गए पनि वास्तविक आम्दानी कोरोना भाइरस महामारी अघिको स्तरमा फर्किएको छैन। विपक्षी पार्टी अमेरिकी निर्देशनमा चल्ने हुदा अझै ठूल्ठूला चुनौती देखा पर्न सक्छ । नेपालमा युवा र पढेलेखेको दावी गर्ने समूहले No Not Again भन्ने नारालाई ब्राजिलियन जनताले नयाँ शिक्षा दिएका छन ।- राजन तिमिल्सिना
