भाजपा सांसद कंगनालाई महिला सिपाहीले हानिन् थप्पड, कौर गिरपतार

मूलखबर संवाददाता
काठमाडौं,२५ जेठ

बलिउड नायिका भारतीय जनता पार्टीकी सांसद कंगना रनावतलाई चण्डिगड विमानस्थलमा महिला सिपाही कुरबिन्द कौरले थप्पड हानेकी छिन् ।

हालै सम्पन्न लाेकसभा निर्वाचनमा हिमान्चल प्रदेशकाे मण्डीबाट निर्वाचित सांसद कंगना कन्ट्रोभर्सि क्वीन भनेर पनि चिनिने गर्दछिन् । रनावतलाई सिम्लाबाट दिल्ली जाने क्रममा चण्डीगड  विमानस्थलमा सिआईएफएस् कि महिला प्रहरी कौरले थप्पड हानेकी हुन् ।

सिआईएफएस् कि महिला प्रहरी कौरले भनिन्-  `इस बक्त मेरी माँ किसान आन्दोलनमा खडि हुइ थि उस बक्त क्या मेरीमा सो रुपिँया लिनेकि लिए खडि हुइथि ?” कंगनाले ४ बर्ष अघि एक टुइट गरेकि थिन जसमा उनले कृषि कानूनको विराेधमा धर्नामा बसेका किसानलाई सय रुपियाँमा बिकाउ किसान भनेकी थिइन् । उक्त समय उनको टुइट्लाई लिएर बिरोध प्रदर्शनहरु भएको थियो । हाल उनको त्यो टुइट् हटाइएको छ। तर, पनि उक्त टुइट्का कारण कंगना बिबादित छिन्। सोहि टुइट्को कारण कौर पनि आक्रोशित थिइन् ।

विमानस्थलकाे साे घटना पश्चात कंगनाले एक भिडियो सन्देश  जारी गरेकी छिन्। जसमा उनले आफ असुरक्षित रहेको र घटनाले उग्र आतङकवादलाई प्रष्रय दिएको र पञ्जाबमा आतङकवाद बढेको आरोप लगाएकी छिन्।”

कौरलाई गिरफतारमा लिइ सस्पेन्स समेत गरि सकिएको प्रहरीले जनाएको छ ।