यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नारायणी लिफ्टबाट सिंचाइ नहरमा पानी पठाइयाे. मूलखबर संवाददाता चितवन, १३ बैसाख चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन कार्यालयले सिंचाइका लागि पानी छोडेको छ । बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालय प्रमुख हरि गुरागाईले जानकारी दिनुभयो ।. कार्यालय प्रमुख गुरागाईले नारायणी लिफ्ट सिंचाइ योजनाबाट एक दशकपछि किसानको मागअनुसार मकै र धान बालीलाई लक्षित गरी हिउँदमा पनि पानी छाडिएको बताउनुभयो । उहाँले दुई हजार लिटर प्रतिसेकेण्ड पानी तान्ने सानो पम्प जडानपछि हिउँदमा पनि पानी छाड्न सहज भएको बताउनुभयो ।. त्यसअवसरमा नगरप्रमुख दाहालले खडेरीले मकै सुक्न थालेपछि किसानको सहजताका लागि पानी छाडिएको बताउनुभयो । आकाशे पानी नपर्दा सिंचाइको वैकल्पिक उपायका रुपमा लिफ्ट सञ्चालन गरिएको र यसले स्यालो र डिप ट्युबेलका लागि पानी रिचार्जमा सघाउँ पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।. महानगर प्रमुख दाहालले ३९ करोडको ठेक्का लगाएर नारायणी लिफ्टमा नयाँ मेसिन जडान गर्न लागिएको र हाल दुई वटा मेसिन जडानको काम सम्पन्न भइसकेका बताउनुभयो । ‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्ने गरेको छ । नारायणी लिफ्ट सिंचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि वि.सं.२०६९ पछि यस वर्ष पहिलो पटक हिउँदमा पनि नारायणी लिफ्टको पानी छाडिएको बताउनुभयो । रासस.
नारायणी लिफ्टबाट सिंचाइ नहरमा पानी पठाइयाे
मूलखबर संवाददाता
चितवन, १३ बैसाख
चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन कार्यालयले सिंचाइका लागि पानी छोडेको छ । बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालय प्रमुख हरि गुरागाईले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख गुरागाईले नारायणी लिफ्ट सिंचाइ योजनाबाट एक दशकपछि किसानको मागअनुसार मकै र धान बालीलाई लक्षित गरी हिउँदमा पनि पानी छाडिएको बताउनुभयो । उहाँले दुई हजार लिटर प्रतिसेकेण्ड पानी तान्ने सानो पम्प जडानपछि हिउँदमा पनि पानी छाड्न सहज भएको बताउनुभयो ।
त्यसअवसरमा नगरप्रमुख दाहालले खडेरीले मकै सुक्न थालेपछि किसानको सहजताका लागि पानी छाडिएको बताउनुभयो । आकाशे पानी नपर्दा सिंचाइको वैकल्पिक उपायका रुपमा लिफ्ट सञ्चालन गरिएको र यसले स्यालो र डिप ट्युबेलका लागि पानी रिचार्जमा सघाउँ पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।
महानगर प्रमुख दाहालले ३९ करोडको ठेक्का लगाएर नारायणी लिफ्टमा नयाँ मेसिन जडान गर्न लागिएको र हाल दुई वटा मेसिन जडानको काम सम्पन्न भइसकेका बताउनुभयो । ‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्ने गरेको छ । नारायणी लिफ्ट सिंचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि वि.सं.२०६९ पछि यस वर्ष पहिलो पटक हिउँदमा पनि नारायणी लिफ्टको पानी छाडिएको बताउनुभयो । रासस