
संवैधानिक परिषद बैठक : महालेखापरीक्षकमा तोयम राय सिफारिस
संवैधानिक परिषदको बैठकले महालेखापरीक्षकमा तोयम रायलाई सिफारिस गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय महालेखापरीक्षकमा सिफारिस भएका हुन् । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
