
राजदूत थम्पसनसंग उपप्रधानमन्त्री र अर्थमन्त्रीको भेट
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसनबिच भेट भएको छ । मन्त्रीहरुसँग शिष्टाचार भेटका लागि थम्पसन सिंहदरबारमा पुग्नु भएको हो ।
दुवै जना मन्त्रीसँग राजदूत थम्पसनको समसामयिक विषयमा छलफल भएको छ ।
भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहकार्यका विविध पक्षमा भेट भएको जानकारी परराष्ट्रसचिव सेवा लम्सालले दिनुभयो । सो अवसरमा थम्पसनले मन्त्रीहरुलाई बधाई दिनुहुँदै कार्यकालको सफलताको शुभकामना दिनुभएको परराष्ट्रसचिव लम्सालले बताउनुभयो ।
