
गठबन्धन जाेगाउन कांग्रेस जिम्मेवार हुनुपर्दथ्याे : घिमिरे
नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले माओवादीसहितकाे गठबन्धन टुट्नुमा नेपाली कांग्रेसका नेता नै जिम्मेवार भएको बताएका छन् ।
गठबन्धन एकाएक टुट्नुमा केही कांग्रेसी नेताले माओवादी पार्टी र प्रधानमन्त्री प्रचण्डलाई दाेष लगाइरहेकाे बेला कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व विद्यार्थी नेता घिमिरेले ठूलाे दल भएको हुनाले र जनतासँग गरेकाे प्रतिवद्वता पूरा गर्ने कुरा सम्झेर पनि कांग्रेसले गठबन्धन जाेगाउन बढी जिम्मेवार हुनुपर्ने थियाे ।
हामीले अराजक हुने छुट छैन, कांग्रेस जिम्मेवार बन्नुपर्दथ्याे, कान्तिपुर रेडियाेसँगकाे कुराकानीमा नेता घिमिरेले भने -`यसमा म कांग्रेस नै वढि जिम्मेवार मान्दछु ।´ उनले कांग्रेस लचक हुन नसक्दा अहिले प्राप्त सबै अवसर गुम्ने अवस्था आएकाे र याे गल्ती भएको बताएका छन् ।
