मन्त्रिपरिषद पुनर्गठन, तीन मन्त्रीले लिए सपथ
सत्ता गठबन्धनमा फेरबद आएसँगै मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री चता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै तीन जना नयाँ मन्त्रीहरु नियुक्त गर्दै मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो ।
नवनियुक्त तीन मन्त्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याल छन् ।
नवनियुक्त मन्त्रीहरु मध्ये तामाङ माओवादी केन्द्रबाट, गिरि एमालेबाट र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् ।