आज संसद बैठक बस्दै, यस्तो छ कार्यसुची

मूलखबर संवाददाता
काठमाडौं, १३ फागुन

आज फागुन १३ गते आइतबार । राज्यकाे प्रमुख अंग व्यवसथापिका संसद अर्थात्  प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै छ । अन्तर्राष्ट्रिय सम्मेदन केन्द्र नयाँ बानेश्वरस्थित संसद भवनमा विहान ११ बजे बस्ने संसदकाे बैठकमा अघिल्लो बैठकमा पारित हुन नसकेको विधेयक पारित गर्ने कार्यसुची रहेकाे छ ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महसचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ।

अघिल्लो बैठकमा सांसदकाे काेरम नपुगेर विधेयक निर्णयार्थ प्रस्तुत भएपनि कार्यसुचिबाट फिर्ता भएको थियाे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गणपुरक संख्या नपुग्ने दाबी गरेकाेले संख्या गणना गर्दा काेरम नपुगेपछि साे विधेयक आजकाे बैठकमा पुन पेश हुने भएको हाे । काेरम पुग्न ६९ जना सांसद आवश्यक पर्नेमा ६४ जना मात्रै पुगेको थियाे ।

संसदमा भएको कुल संख्या २७५ काे एक चाैथाई सांसद संख्या अर्थात ६९ लाई गणपुरक संख्या अर्थात काेरम मानिन्छ ।