
माओवादी केन्द्रकाे स्थायी समिति बैठक बस्दै
सत्तारूढ दलनेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान अधिवेशनको समीक्षा, नेताहरुको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जानकारी दिइएकाे छ ।

उनका अनुसार आगामी चैत १ देखि १५ गतेसम्म हुने तराई मधेश जागरण अभियान र आगामी वैशाख १ देखि १५ गतेसम्म हुने हिमाल, पहाड, तराई एकता अभियानको विषयमा पनि बैठकमा छलफल हुन सक्ने छ । ‘अभियानको रुट, लिडर र कार्यक्रमको खाकाको विषयमा पनि आजको बैठकमा छलफल हुनसक्छ,’ एक स्थायी सदस्यले भने ।
