माओवादी केन्द्रकाे विधान अधिवेशन सम्पन्न, यस्तो बन्याे माओवादी केन्द्रकाे विधान

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट कमिटी चयन गर्ने व्यवस्थासहितकाे विधान निर्माण गरेकाे छ ।
राजधानीमा फागुन १ देखि प्रज्ञाप्रतिष्ठानमा जारी विधान अधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति र ११ सदस्यीय केन्द्रीय पदाधिकारीकाे व्यवस्था गर्दै सर्वसम्मतिले विधान पारित गरेको हाे ।
विधानमा उठेका विभिन्न प्रश्नहरूकाे जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधानकाे अन्तिम स्वरूप प्रस्तुत गरेका थिए । प्रचण्डले राखेकाे विधानकाे अन्तिम स्वरूपमा हलबाट सर्वसम्मति जुटेकाे हाे ।

यस्तो छ माओवादी केन्द्रले पारित गरेकाे विधानका मुख्य विषय र व्यवस्थाहरू

प्रस्तावना खँदिलाे र संक्षिप्त्त  बनाएर पुनर्लेखन गर्ने
संगठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयता नै रहने
महाधिवेशनबाट प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय समिति सदस्य चयन गर्ने
केन्द्रीय समिति सदस्यकाे प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्ने
केन्द्रीय पदाधिकारी ११ सदस्यीय रहने
केन्द्रीय समिति १९९ सदस्यीय रहने
पदाधिकारीकाे कार्यलय बनाउने
पाेलिट्व्युराे सदस्य एक तिहाइ – ६७ जना रहने
सदस्य हुनकाे लागि उमेर – १८ वर्ष कायम रहने
जेष्ठ कम्युनिस्ट मञ्च नै रहने
अनुशासन, लेखा परिक्षण र निर्वाचन आयाेग भन्ने र केन्द्रमा बढिमा १५ सदस्यीय, प्रदेशमा ९ सदस्यीय र तल ५ सदस्यीय बनाउने
पार्टीको नाम तत्काल यथावत राख्ने, आवश्यकता अनुसार समयसापेक्ष बनाउन सकिने
चुनाव चिन्ह यथावत राख्ने
पार्टीको सदस्यता नविकरण २/२ वर्षमा गर्ने
उपत्यका विशेष प्रदेश समिथि र सम्पर्क समिति यथावत रहने
सदस्य र पदाधिकारीकाे याेग्यता र कार्यवधिबारे नियमावलीमा व्यवस्था गर्ने
प्रदेशलाई बलियाे बनाउने
जिल्ला समन्वय समिति नै यथावत राख्ने
जवसबारे- विचार स्वीकार गर्ने गरि स्वायत्त ढंगले सञ्चालन हुन दिने