माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक राजधानीमा, अभियानको समिक्षा
सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक राजधानीमा शुरु भएको छ । बैठकमा हालै सम्पन्न चारमहिने अभियानको समिक्षा गरिएको छ । आइतबार राष्ट्रिय सभागृहमा शुरु भएको बैठकमा सात भौगोलिकसहित १० प्रदेश समिति र तीनवटा आयोगका तर्फबाट रिपोटिङ गरिएको थियो।
पार्टी अध्यष तथा प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता र महासचिव देव गुरुङको सञ्चालनमा शुरु भएको बैठकमा रिपोर्ट पेश गर्ने नेताहरुले अभियानले पार्टीपंत्तिः परिचालित भएको र जनतामा उत्साह ल्याएको बताएका छन् ।
गत भदौ १६ देखि पुष १६ सम्म चलेको अभियानमा देशैभर वडा र टोलसम्म पार्टी कमिटि निर्माण गरिएको रिपार्ट प्रस्तुत गरेका थिए । प्रदेश नं १ बाट इन्चार्ज चन्द्र प्रकाश खनाल बलदेव, अध्यक्ष मिक्सो, मधेश प्रदेशबाट इन्चार्ज लिलामणी पोखरेल, बागमती प्रदेशबाट इन्चार्ज जनार्दन शर्मा र अध्यक्ष सरल सहयात्री पौडेल उपत्यका विशेष प्रदेशबाट इन्चार्ज वर्षमान पुन अनन्त र अध्यक्ष जगत सिंखडा, सम्पर्क समन्वय प्रदेशबाट इन्चार्ज गिरीराजमणी पोखरेल र अध्यक्ष श्रीकृष्ण अधिकारी, प्रवास प्रदेशबाट इन्चार्ज राम कार्की र अध्यक्ष ओम शर्मा, गण्डकी प्रदेशबाट इन्चार्ज देवेन्द्र पौडेल र अध्यक्ष गायत्री गुरुङ, लुम्विनी प्रदेशबाट इन्चार्ज हितमान शाक्य र अध्यक्ष सुदर्शन बराल, कर्णाली प्रदेशबाट इन्चार्ज मातृका यादव र अध्यक्ष विमला केसी र सुदुरपश्चिम प्रदेशबाट हरिचरण चौधरीले बैठकमा रिपोर्टीङ राखेका थिए ।
रिपोर्टमा ७० प्रतिशत नेता कार्यकर्ता पूर्ण रुपमा परिचालित भएको, २५ प्रतिशत अल्पकालिन ढंगले अभियानमा सहभागि भएको र केही नेता कार्यकर्ताहरु फिल्डमा नगएको पनि जानकारी गराइएको थियो । रिपार्टले जनतासँगको सम्वन्ध सुदृढ भएको र अभियानलाई नयाँ शिराका साथ निरन्तरता दिन सक्दा पार्टी पुनस्र्थापित हुने र माओवादीले जित्ने सम्भावना रहेको बताइएको थियो ।
बैठक भोली विहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ । भोली ११ बजे शुरु हुने बैठकमा रिपार्टींगको संस्लेषण्सहित प्रधानमन्त्री प्रचण्डले दिशानिर्देश गर्ने कार्यक्रम रहेको छ ।
माओवादी केन्द्रले गत कात्तिकदेखि देशभरका ६ हजार सात सय ५३ वडामा अभियान सञ्चालन गरेको थियो। फागुन १ देखि शुरु हुने विधान सम्मेलनको तयारीका लागि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको हो। शुक्रबार र शनिबार स्थायी समिति बैठक गरेको माओवादीले केन्द्रीय समिति बैठक राखेको हो।