
माओवादी संसदीय दलकाे बैठक बस्दै, यस्ता छन् एजेन्डा
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) काे संसदीय दलकाे बैठक साेमबार विहान ८ बजे बस्दैछ । दलकाे कार्यलय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दुबै संसदका सदस्यहरूलाई दिशानिर्देश गर्ने कार्यक्रम छ ।
दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठकका एजेन्डामा प्रधानमन्त्रीले दिशानिर्देश गर्ने कार्यतालिकाका साथमा रिपोर्टिङ समेत राखेका छन् ।
बैठकमा संसद बैठकमा प्रभावकारी ढंगबाट प्रस्तुत हुनकाे लागि सांसदहरूलाई निर्देशन दिइने एक सदस्यले बताए ।
बैठकमा संसदीय मैत्री समुहमा प्रतिनिधित्व गर्नेबारे, आर्थिक वर्ष २०८१/८२ काे बजेटकाे तयारीबारे, साेह्राैं पञ्चवर्षिय याेजना निर्माणमा सुझाव बारे र विविध शिर्षकमा कार्यतालिका कार्यान्वयन, संयुक्त समिति र विषयगत समितिका काम र सभा र समितिकाे काेरम शिर्षकका एजेन्डामा छलफल हुने भएको छ ।
यसअघि संसद र समितिका बैठकहरूमा काेरम नपुगेको कारण विधेयक पारित गर्न समस्या भएको थियाे । आजको बैठकबाट यसबारे सांसदहरूलाई कडा निर्देशन जारी गर्ने तयारी छ ।
