
माओवादी केन्द्रकाे विधान अधिवेशन फागुन १ मा हुने
सत्तारूढ नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रकाे विधान अधिवेशन आगामी फागुन १ देखि ३ सम्म राजधानी काठमाडौंमा हुने भएको छ ।
पार्टीको स्थायी समितिकाे बैठकले साे निर्णय गरेको पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभएको छ ।
पार्टी कार्यलय पेरिसडाँडा काेटेश्वरमा आज बसेकाे स्थायी समिति बैठकमा विधान मस्यौदा समितिकाे प्रतिवेदनमाथि छलफल गरि साे निर्णय गरिएको हाे ।
साथै पार्टी एकताको वातावरण बनाउने निर्णय पनि बैठकले गरेको छ । पार्टी एकताको संयोजन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने र त्यसका लागि नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टीसँग छलफल अघि बढाउने निर्णय पनि भएको प्रवक्ताले बताउनुभयाे ।
बैठकमा ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण चार महिने अभियानको समीक्षा गर्दै पार्टीलाई गतिशील बनाएको निष्कर्ष निकालिएको छ ।
