
नेकपा (एस)ले दियाे तीन नेतालाई सिट र उमेदवार छान्ने जिम्मा
नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित तीन नेतालाई दिएको छ।
शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
गठबन्धनमा छलफल गरी निर्णय गर्ने जिम्मा र सर्वाधिकार तीन नेतालाई पठाएको उनले जानकारी दिए।
‘राष्ट्रिय सभाको निर्वाचनका लागि हामीले हाम्रो पार्टीले कति सिट संख्या प्राप्त गर्नेछ, कुन प्रदेशमा प्राप्त गर्नेछ र कुन क्लस्टरमा प्राप्त गर्नेछ भन्ने सम्पूर्ण कुराको निर्णय गर्ने सर्वाधिकारसहित पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई अधिकार दिइ सचिवालयले उहाँहरुलाई गठबन्धनको बैठकमा पठाएको छ,’ उनले भनेकाे खबर सेताेपाटिमा छ।
