
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त, १६ न्यायाधिशको सरुवा
लामो समयदेखि रिक्त रहेको उच्च अदालतमा न्यायपरिषदले ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।
न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।
