बालकुमारी घटना : दुई मन्त्रीको भूमिका छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
दुई युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनाको सम्बन्धमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।
कोरियाली भाषा परीक्षासम्बन्धी विवादका कारान शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो। सोमवार बसेको उक्त समितिको बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले बालकुमारी घटनाबारे बयान लिएका थिए।
बैठकपछि उक्त समितिका सभापति रामहरि खतिवडाले “उक्त घटना हुन श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिनेू निर्णय गरिएको जानकारी दिएका छन्।