
राष्ट्रियसभा सदस्यका लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु
राष्ट्रियसभा सदस्य निर्वाचनको विषयमा छलफल गर्न बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । केही बेरअघिबाट सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्यका लागि कुन दलबाट कति उम्मेदवार उठाउने भन्ने बारेमा छलफल भईरहेको नेताहरूले बताएका छन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम बारेमा समेत छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी रहेका छन् ।
आगामी पुस २३ गते राष्ट्रियसभा सदस्य उम्मेदवारको उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।
