प्रधानमन्त्रीकाे घाेषणा कार्यन्वयन शुरू : ३ सचिवसहित ६८ दरबन्दी काटियाे

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री कार्यालयको ३ सचिवसहित ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ ।

बिहीबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे निर्णय गरेको हाे । सरकारका प्रवक्ता समेत रहेकी सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले भन्नुभयाे, – प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छुु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौं ।’

प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताउनुभयाे । याे निर्णयसँगै प्रधानमन्त्री प्रचण्डले एक वर्ष पुरा भएको अवसरमा देशवासीकाे नाममा गर्नुभएको सम्वाेधन र घाेषणा कार्यन्वयनकाे शुरूवात भएको छ ।