सन् २०२३ अर्थात् एआइको वर्ष
एलेक्स विल्किन्स
सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्सबाट तर्कनु निकै कठिन थियो। किनभने लार्ज ल्याङ्ग्वेज मोडल्स (एएलएम)द्वारा सञ्चालित च्याटबटहरुको संख्या तीव्र गतिमा वृद्धि भइरहेको थियो।
यो वर्षको फेब्रुअरीमा ओपनएआईको च्याटजीपीटी अहिलेसम्मको सबैभन्दा छिटो विस्तार हुने एप बन्न पुग्यो। वर्ष अन्त्य हुँदासम्म च्याटजीपीटीले सबथोक काम गर्न थालिसकेको छ। उदाहरणका लागि च्याटजीपीटी इन्टरनेट ब्राउज गर्न, तस्बिरको वर्णन गर्न, अनुरोध गरिएको जुनसुकै तस्बिर बनाउन र विद्यमान अनेकौँ सेवा र उपकरणमा आफूलाई सम्मिलित गर्न सक्षम भयो। सबभन्दा रोचक कुरा, यसो गर्न सक्ने एक मात्र एआई थिएन च्याटजीपीटी।
‘अब टेक्नोलोजी विकासको बाटो भनेकै यो अझ मल्टिमोडल हुने हो,’ युनिभर्सिटी अफ अक्सफोर्डका माइकल वुल्ड्रिज भन्छन्, ‘यो ध्वनि, आवाज, भिडिओ आदिसँग सम्बन्धित हुनेछ।’
ओपनएआईको यो सफलताले चुपचाप सुतिरहेका गुगल र माइक्रोसफ्टजस्ता विशाल कम्पनीलाई जोडदार धक्काका साथ ब्युँझाइदियो। माइक्रोसफ्ट ओपनएआईको ठूलो लगानीकर्ता हो। उसले आफ्नो सर्च इन्जिन बिङ र वर्ड तथा एक्सेलजस्ता कार्यक्रममा च्याटजीपीटीको पछिल्लो एलएलएम जीपीटी–४ लाई समावेश ग¥यो।
उता गुगलले फेब्रुअरीमै बार्ड नामक च्याटबट सुरु ग¥यो। उसले डिसेम्बरमा मात्र आफ्नो सबैभन्दा शक्तिशाली एलएलएम जेमिनी अनावरण ग¥यो। यसले कयौँ प्रकारका काममा जीपीटी–४ लाई पछि पार्ने गुगलको दाबी छ।
अहिले यी एआईहरु जनसंख्याको ठूलो हिस्साको दैनिक जीवनको अभिन्न अंग बनिसकेका छन्। गृहकार्य गर्न सहयोग खोजिरहेका विद्यार्थीदेखि सफ्टवेयर डेभलपरसम्मले यिनको प्रयोग गर्छन्।
मार्चमा जीपीटी–४ सार्वजनिक भएसँगै च्याटजीपीटी प्रतिक्रिया जेनेरेट गर्न अझ सक्षम बन्यो। केही विश्लेषकहरुको दाबी अनुसार जीपीटी–४ मा सामान्य कृत्रिम बौद्धिकता अर्थात मान्छेले गर्नसक्ने जुनसुकै बौद्धिक काम बुझ्ने र सिक्ने क्षमताको पहिलो झिल्को देखियो। तर, कतिपयले त्यसमा असहमति व्यक्त गरेका छन्।
ओपनएआईका लागि यो वर्ष उपलब्धिमूलक रह्यो। तर, नोभेम्बरमा बोर्डले सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेपछि यो कम्पनी झण्डै असफलताको भूमरीमा धकेलियो। तर, अधिकांश कर्मचारीले सामूहिक राजीनामा दिने धम्की दिएपछि तत्काल उनको पुनर्बहाली भयो।
२०२३ मा एआईको पुनर्जागरण प्रविधिका क्षेत्रमा उथलपुथलकारी घटना भएको वुलड्रिज बताउँछन्। ‘अहिले जो पनि यो प्रविधिको आधारमा निर्मित साम्राज्यको अधिपति बन्न चाहन्छ। अहिले हामी जे देखिरहेका छौँ, त्यो ठूला प्रविधि कम्पनीहरुको सनक हो,’ उनी भन्छन्।
स्वचालनका कारण करोडौँ रोजगारी जोखिम पर्न सक्ने कतिपय अर्थशास्त्रीहरुको आकलन छ। तर, धेरै कुरा अझै अस्पष्ट छ। हामीलाई थाहा छैन, यी मोडल कति सक्षम छन्। र, तिनलाई कसरी प्रशिक्षित गरिन्छ भन्ने विषयमा कानुनी प्रश्नहरु पनि बाँकी नै छन्।
अमेरिकामा मात्र एआई कम्पनीहरुविरुद्ध कम्तीमा सात वटा कपिराइट उल्लंघनको मुद्दा परेका छन्। प्रोग्रामर्सहरुको एउटा समूहले कोड जेनेरेट गर्ने कार्यक्रम कोपाइलटका लागि माइक्रोसफ्टविरुद्ध मुद्दा हालेका छन्। एआईविरुद्ध मुद्दा हाल्ने उनीहरु पहिलो हुन्। त्यसपछि गेट्टी इमेजेजजस्ता ठूला कर्पोरेसनले त्यसको अनुशरण गरे। तिनले कपिराइट लाग्ने फोटोको माध्यमबाट स्टेलब डिफ्युजन नामक इमेज जेनेरेटरलाई प्रशिक्षित गरेको भन्दै स्ट्याबिलिटी एआईविरुद्ध मुद्दा हाले।
थुप्रै मानिसलाई आफ्नो अनलाइन डेटा यी मोडेलहरुको प्रशिक्षणमा प्रयोग गरिएको आशंका छ। तर, त्यसलाई प्रमाणित गर्न कठिन छ। किनभने ती डेटा र प्रशिक्षिण विधि व्यापारिक गोपनीयता कायम गर्ने नाममा गुप्त राखिएको छ।
एआईको यो छलाङले सरकारहरुको ध्यान पनि आकर्षित गरेको छ। जो यो प्रविधिलाई खतरा र अवसर दुवै मान्छन्। नोभेम्बरमा बेलायतले एउटा शिखर सम्मेलन आयोजना ग¥यो। जसमा २८ मुलुक र ईयूले एआईको जोखिम न्यूनीकरणका लागि विश्वव्यापी कारबाही आवश्यक रहेको भन्दै एक घोषणापत्रमा हस्ताक्षर गरे।
त्यही समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले एक कार्यकारी आदेशमा हस्ताक्षर गरे। जसअनुसार कम्पनीहरुले निश्चित आकारको एआई मोडललाई प्रशिक्षित गर्दा सरकारको सुरक्षा तथा राष्ट्रिय सुरक्षा प्रक्रियाहरुलाई पालना गर्नुपर्ने हुन्छ। ईयू पनि आफ्नै एआई कानुन निर्माणको प्रक्रियामा छ। जसले सबैभन्दा ठूला मोडलहरुलाई नियमन गर्ने उदेश्य राखिएको छ। सो कानुन २०२५ मा कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।
न्यु साइन्टिस्टबाट साभार