
सरकारकाे एक वर्ष पूर्ण सफल : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यशैली बदल्ने बताउनुभएकाे छ ।
प्रधानमन्त्रीले सरकारकाे एक वर्ष पूरा गरेकाे अवसरमा देश र जनताकाे पक्षमा सार्वजनिक सम्वाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार सफल भएको बताउनुभयाे । प्रधानमन्त्रीले भन्नुभयाे- `सरकार असफल त भएन, तर आफ्नै हुटहुटी अनुसार परिणाम पनि आएको छैन ।’
केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने प्रधानमन्त्रीले घाेषणा गर्नुभयाे । साथै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने प्रधानमन्त्रीको प्रतिवद्धता छ ।
