युवा पलायन रोक्न स्वदेशमै रोजगारीको सृजना गर्न आवश्यकछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौं संख्यामा विदेशिरहेका युवाहरुलाई रोक्न स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने बताउनु भयो ।
आज (मंगलबार) सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । कुनैपनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरूप निर्धारण हुनुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउने र विश्व बजारमा पनि प्रतिष्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता रहेको औल्याउनु भयो ।
राष्ट्रपति पौडेलले लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी गाउँ रित्तो भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो गाउँ किन रित्तिँदै छ ? भन्ने विषयमा नीति निर्माण र शासन सत्तामा बस्नेहरूको चासो र चिन्ता हुनुपर्ने राष्ट्रपतिको भनाइ छ ।