यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्रविधिको दुनियाँमा डरलाग्दो प्रवृत्तिः डिपफेक प्रयोग गर्दै चरित्रमाथि प्रश्न उठाउँदै. मूलखबर संवाददाता काठमाडौं आजभोलि साउथ इन्डियन अभिनेत्री रश्मिका मन्दानाको एक डिपफेक भिडिओ यतिखेर इन्टरनेटमा भाइरल भएको बारे चर्चा चलिरहेको छ । भिडिओमा उनी कालो रङ्गको योगा बडिसुटमा क्यामेराका लागि मुस्कान दिंदै लिफ्ट चढिरहेको जस्तो देखिन्छ ।. तर सो भिडिओ डिपफेक प्रविधिमार्फत कुनै अर्कै महिलाको शरीरमा मन्दानाको अनुहार जोडेर बनाइएको हो । मन्दानाको डिपफेक भिडिओ भाइरल बनेसँगै त्यसलाई लिएर थुप्रैले अनेकौं प्रतिक्रिया जनाउन थालेका छन् ।. त्यस किसिमको प्रतिक्रिया जनाउनेमा बलिउडका नायक अमिताभ बच्चन समेत छन् । एक जना एक्स प्रयोगकर्ताले लेखेका छन्, “भारतमा डिपफेकसँग जुध्नका लागि कानूनी र नियामकीय फ्रेमवर्क तत्काल जरुरी भइसक्यो ।”. तपाईंले अभिनेत्री मन्दानाको यो भाइरल भिडिओ इन्स्टाग्राममा समेत देख्न सक्नु हुन्छ । वास्तवमा यो जारा पटेलको भडिओ तोडमोड गरी बनाइएको डिपफेक भिडिओ हो ।. डिपफेक के हो? तपाईंले कहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलका कुनै नेतालाई खुलेआम गालीगलौज गरेको भिडिओ देख्नु भएको छ? वा नेपाली नायिकाको कुनै पोर्न भिडिओ हेर्नु भएको छ? या त कुनै महत्वपूर्ण ओहोदामा बसेको व्यक्तिबाट कुनै आपत्तिजनक अभिव्यक्ति? यस्ता सामग्रीहरू फेसबुक तथा अन्य कुनै किसिमका सामाजिक सञ्जालमा देख्नु भएको खण्डमा तपाईं के गर्नुहुन्छ? त्यसलाई तत्काल शेयर गरेर सनसनी बनाउनमा योगदान दिनु हुन्छ? वा त्यसको वास्तविकता पत्ता लगाउने प्रयास गर्नुहुन्छ ।. भिडिओ वा तस्वीरमा देखेको त्यस्तो दृश्यलाई तपाईं कुन आधारमा सही हो वा विकृत भनेर पहिचान गर्नुहुन्छ? जब कदकाँठी, आवाज, अनुहार सबैको भाव अभिव्यक्ति एउटै छ भने तपाईं कसरी यी कुरामा विश्वास नगरी रहनसक्नुहुन्छ ।. तर एआई प्रविधिसँगै विकास भएका अल्गोरिदम तथा मेसिन लर्निङ यति धेरै अत्याधुनिक बनिसकेका छन् । यसकारण तपाईंले देख्ने र सुन्ने हरेक अस्वाभाविक सामग्रीहरूमाथि तपाईंले एकैपटकमा विश्वास गर्नसक्ने वातावरण छैन ।. यही मेसिन लर्निङ तथा एआईको संयोजनले विकास गरेको डिपफेक प्रविधिले तपाईंलाई वास्तविक र फेक कन्टेन्टबीचको फरकपनामा अलमल्याई दिनसक्छ । यो प्रविधिले तपाईंको अनुहारमा जुनसुकै सेलिब्रेटी वा व्यक्तिको अनुहारलाई मिलाइ दिन्छ ।. एउटा अनुहारको भावलाई पनि प्रविधिले अर्को अनुहारमा यसरी समाहित गरिदिन्छ कि ती कुन सही हुन् र कुन गलत हुने भन्ने कुरामा व्यक्ति आफै अलमलमा पर्छन् । डिपफेक प्रविधिको माध्यमबाट प्रयोगकर्ताले आफूले चाहेको जुनसुकै व्यक्तिको मुखबाट जुनसुकै कुरा निकाल्न सक्छ ।. डिपफेक निकै जटिल प्रविधि मानिन्छ। यसका लागि ‘मेसिन लर्निङ’ प्रविधिको आवश्यकता पर्छ। २०१७ मै डिपफेक गर्नका लागि कम्प्युटर एल्गोरिदम तयार गरिएको थियो। यस्तो सामग्री दुई प्रकारका एल्गोरिदमहरू प्रयोग गरेर सिर्जना गरिएको हुन्छ। एउटालाई डिकोडर र अर्कोलाई इन्कोडर भनिन्छ।. यसमा फेकरले डिजिटल सामग्री सिर्जना गर्दछ र डिकोडरलाई सामग्री वास्तविक वा नक्कली के हो भनेर सोध्छ। प्रत्येक पटक डिकोडरले सामग्रीको वास्तविकता पहिचान गर्छ। यसरी गल्तीहरू सुधार गरेर अर्को डिपफेक सुधारका लागि प्राप्त जानकारीलाई इन्कोडरमा पठाउँछ। दुवै प्रक्रियाहरू मिलाएर ‘जीएन’ भनिने विरोधी नेटवर्क बनाउँछ।. छोटो समयमै यो प्रविधि झन् सहज बन्दै गएको छ। मोबाइल एप्लिकेसनबाटै डिपफेक भिडियो बनाउन मिल्ने गरी यसको तीव्र विकास भइरहेको छ जुन मानिसका लागि ठूलो समस्या र चुनौती बनेको छ।. कसरी चिन्ने? कुनै भिडियो डिपफेक भए/नभएको पहिचान गर्न केही विशेष कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। तिनीहरूमध्ये अनुहारको स्थिति पहिलो आउँछ। अहिलेसम्म आएका डिपफेक टेक्नोलोजी प्रायः अनुहार र आँखाको स्थिति हुबहु उतार्न असफल भएका छन्।. यसमा परेला झिम्क्याउनु पनि समावेश छ। भिडियोमा देखिएका व्यक्तिको परेला झिम्क्याइलाई हेरर डिपफेक हो/होइन पहिचान गर्न सकिन्छ। त्यस्तै, व्यक्तिको रङ हेरेर पनि डिपफेक गरिए नगरिएको पत्ता लगाउन सकिन्छ।. यो पनि पढ्नुस्-. सामाजिक सञ्जालसम्बन्धी निर्देशिकाः भुलेर पनि नगर्नुस् यी १९ काम.
प्रविधिको दुनियाँमा डरलाग्दो प्रवृत्तिः डिपफेक प्रयोग गर्दै चरित्रमाथि प्रश्न उठाउँदै
मूलखबर संवाददाता
काठमाडौं
आजभोलि साउथ इन्डियन अभिनेत्री रश्मिका मन्दानाको एक डिपफेक भिडिओ यतिखेर इन्टरनेटमा भाइरल भएको बारे चर्चा चलिरहेको छ । भिडिओमा उनी कालो रङ्गको योगा बडिसुटमा क्यामेराका लागि मुस्कान दिंदै लिफ्ट चढिरहेको जस्तो देखिन्छ ।
तर सो भिडिओ डिपफेक प्रविधिमार्फत कुनै अर्कै महिलाको शरीरमा मन्दानाको अनुहार जोडेर बनाइएको हो । मन्दानाको डिपफेक भिडिओ भाइरल बनेसँगै त्यसलाई लिएर थुप्रैले अनेकौं प्रतिक्रिया जनाउन थालेका छन् ।
त्यस किसिमको प्रतिक्रिया जनाउनेमा बलिउडका नायक अमिताभ बच्चन समेत छन् । एक जना एक्स प्रयोगकर्ताले लेखेका छन्, “भारतमा डिपफेकसँग जुध्नका लागि कानूनी र नियामकीय फ्रेमवर्क तत्काल जरुरी भइसक्यो ।”
तपाईंले अभिनेत्री मन्दानाको यो भाइरल भिडिओ इन्स्टाग्राममा समेत देख्न सक्नु हुन्छ । वास्तवमा यो जारा पटेलको भडिओ तोडमोड गरी बनाइएको डिपफेक भिडिओ हो ।
डिपफेक के हो ?
तपाईंले कहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलका कुनै नेतालाई खुलेआम गालीगलौज गरेको भिडिओ देख्नु भएको छ ? वा नेपाली नायिकाको कुनै पोर्न भिडिओ हेर्नु भएको छ ? या त कुनै महत्वपूर्ण ओहोदामा बसेको व्यक्तिबाट कुनै आपत्तिजनक अभिव्यक्ति ?
यस्ता सामग्रीहरू फेसबुक तथा अन्य कुनै किसिमका सामाजिक सञ्जालमा देख्नु भएको खण्डमा तपाईं के गर्नुहुन्छ ? त्यसलाई तत्काल शेयर गरेर सनसनी बनाउनमा योगदान दिनु हुन्छ ? वा त्यसको वास्तविकता पत्ता लगाउने प्रयास गर्नुहुन्छ ।
भिडिओ वा तस्वीरमा देखेको त्यस्तो दृश्यलाई तपाईं कुन आधारमा सही हो वा विकृत भनेर पहिचान गर्नुहुन्छ ? जब कदकाँठी, आवाज, अनुहार सबैको भाव अभिव्यक्ति एउटै छ भने तपाईं कसरी यी कुरामा विश्वास नगरी रहनसक्नुहुन्छ ।
तर एआई प्रविधिसँगै विकास भएका अल्गोरिदम तथा मेसिन लर्निङ यति धेरै अत्याधुनिक बनिसकेका छन् । यसकारण तपाईंले देख्ने र सुन्ने हरेक अस्वाभाविक सामग्रीहरूमाथि तपाईंले एकैपटकमा विश्वास गर्नसक्ने वातावरण छैन ।
यही मेसिन लर्निङ तथा एआईको संयोजनले विकास गरेको डिपफेक प्रविधिले तपाईंलाई वास्तविक र फेक कन्टेन्टबीचको फरकपनामा अलमल्याई दिनसक्छ । यो प्रविधिले तपाईंको अनुहारमा जुनसुकै सेलिब्रेटी वा व्यक्तिको अनुहारलाई मिलाइ दिन्छ ।
एउटा अनुहारको भावलाई पनि प्रविधिले अर्को अनुहारमा यसरी समाहित गरिदिन्छ कि ती कुन सही हुन् र कुन गलत हुने भन्ने कुरामा व्यक्ति आफै अलमलमा पर्छन् । डिपफेक प्रविधिको माध्यमबाट प्रयोगकर्ताले आफूले चाहेको जुनसुकै व्यक्तिको मुखबाट जुनसुकै कुरा निकाल्न सक्छ ।
डिपफेक निकै जटिल प्रविधि मानिन्छ। यसका लागि ‘मेसिन लर्निङ’ प्रविधिको आवश्यकता पर्छ। २०१७ मै डिपफेक गर्नका लागि कम्प्युटर एल्गोरिदम तयार गरिएको थियो। यस्तो सामग्री दुई प्रकारका एल्गोरिदमहरू प्रयोग गरेर सिर्जना गरिएको हुन्छ। एउटालाई डिकोडर र अर्कोलाई इन्कोडर भनिन्छ।
यसमा फेकरले डिजिटल सामग्री सिर्जना गर्दछ र डिकोडरलाई सामग्री वास्तविक वा नक्कली के हो भनेर सोध्छ। प्रत्येक पटक डिकोडरले सामग्रीको वास्तविकता पहिचान गर्छ। यसरी गल्तीहरू सुधार गरेर अर्को डिपफेक सुधारका लागि प्राप्त जानकारीलाई इन्कोडरमा पठाउँछ। दुवै प्रक्रियाहरू मिलाएर ‘जीएन’ भनिने विरोधी नेटवर्क बनाउँछ।
छोटो समयमै यो प्रविधि झन् सहज बन्दै गएको छ। मोबाइल एप्लिकेसनबाटै डिपफेक भिडियो बनाउन मिल्ने गरी यसको तीव्र विकास भइरहेको छ जुन मानिसका लागि ठूलो समस्या र चुनौती बनेको छ।
कसरी चिन्ने ?
कुनै भिडियो डिपफेक भए/नभएको पहिचान गर्न केही विशेष कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। तिनीहरूमध्ये अनुहारको स्थिति पहिलो आउँछ। अहिलेसम्म आएका डिपफेक टेक्नोलोजी प्रायः अनुहार र आँखाको स्थिति हुबहु उतार्न असफल भएका छन्।

यसमा परेला झिम्क्याउनु पनि समावेश छ। भिडियोमा देखिएका व्यक्तिको परेला झिम्क्याइलाई हेरर डिपफेक हो/होइन पहिचान गर्न सकिन्छ। त्यस्तै, व्यक्तिको रङ हेरेर पनि डिपफेक गरिए नगरिएको पत्ता लगाउन सकिन्छ।
यो पनि पढ्नुस्-