
फिफाले रुसमाथि लगाएको प्रतिबन्ध सर्तसहित फुकुवा
काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसमाथि लगाएको प्रतिबन्ध सर्तसहित फुकुवा गरेको छ। साथै फिफाले रुसको यु–१७ महिला र पुरुष टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पनि अनुमति दिएको छ ।
फिफाले जारी गरेको विज्ञप्तिमा रुसको सट्टा फुटबल युनियन अफ रसियाको नामसहित उनीहरूको राष्ट्रिय झन्डा, राष्ट्रिय गान, राष्ट्रिय टोलीको किट र उपकरण तथा तटस्थ रंगसहित प्रतिस्पर्धामा उत्रिन दिने निर्णय गरेको उल्लेख छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि रुसी टोलीलाई अन्तर्राष्ट्रिय फुटबलमा फिफाले प्रतिबन्ध लगाएको थियो ।
यसैगरी युएफाले रुसको फुटबललाई निलम्बन गर्ने निर्णय गरेको थियो । एक साताअघि युएफाले रुसको युवा टोलीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।
