
लिबियाका बाढी पीडितलाई सहयोग दिइने
बाढीबाट बढी प्रभावित पूर्वी लिबियाको सहर डेरनामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ । सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि अब्दुलाये बाथिलिलेले यस्तो बताएका हुन् ।
बाथिलिले डेर्ना र अरू प्रभावित क्षेत्रमा समन्वय बढाउने पनि बताए । उनले आवश्यक परेकालाई सहायता उपलब्ध गराइने उल्लेख गरे ।

गएको बुधबारसम्म सो क्षेत्रमा बाढीका कारण पाँच हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको छ । १० हजारजना बेपत्ता छन् । ३८ हजार ६४० भन्दा बढी मानिस विस्थापित भएका छन् ।
