नाडा अटो शो : सस्तो ईभीमा झुम्मिए उपभोक्ता
काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२३’ भैरहेको छ । यस अटो शोमा ४५ ब्राण्डको उत्पादन प्रदर्शनी गरिएको छ । अटोमोबाइल्स को कुम्भ मेला मानिने यो नाडा अटो शोमा गाडी किन्नको लागि बुकिङ गर्न बैंकहरुले फाइनान्सिङ सेवा दिन आफ्ना स्टलहरु समेत राखेका छन् । अहिले चलिरहेको ‘नाडा अटो शो’ मा कम मूल्यका विद्युतीय गाडी किन्न चाहने उपभोक्ताको लागि उपयुक्त अवसर समेत हो । अहिले सस्तो र राम्रोमा इलेक्ट्रीक कार खोज्नेहरुका लागि यो शोमा १३ देखि ३० लाखसम्मका चारपांग्रे विद्युतीय गाडी पाउन सकीन्छ ।
सेरेज मिनी इभी कारको मूल्य नाडा अटो शोमा १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एक पटकको फुल चार्जमा यो १८० किलोमिटर गुड्छ । सेरेज मिड इभी चार सिटको यो कारको मूल्य नाडा अटो शो मा १६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यो कार एक पटकको फुल चार्जमा १८० किलोमिटर गुड्छ । सेरेज टप इभी कारको मूल्य १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो कार फुल चार्जमा २२० किलोमिटर गुड्छ । नाडा अटो शो मा एमजी कोमेट इभीको मूल्य १७ लाख ९९ हजार रुपैयाँ मात्रै छ । यो कार फुल चार्जमा २३० किलोमिटर गुड्छ । यस्तै, एमजी कोमेट इभी प्ले नामक अर्को गाडीको मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।यो कार फुल चार्जमा २३० किलोमिटर गुड्छ । एमजी कोमेटको गाडीमा ३ वर्षको वा एक लाख किलोमिटरको वारेन्टी समेत रहेको छ । टियागो ईभी सीमित अवधिका लागि सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
टियागो इभी एमआर (मेडियम रेञ्ज) एक्सटीको मूल्य २२ लाख ९९ हजार छ भने टियागो इभी लङ रेञ्ज (एलआर) एक्सटीको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ । टियागो इभी एलआर एक्स जेड प्लसको मूल्य २६ लाख ९९ हजार छ भने टियागो इभी एलआर एक्स जेड प्लस लक्जरीको मूल्य २७ लाख ९९ हजार तोकिएको छ । वीलिङ एयर ईभीको दुईवटा कार अटो शोमा सार्वजनिक गरिएको छ । चारसिटे (डबल डोर) उक्त गाडी नेपाली बजारमा ईभी नेपाल मोटर्स र बज्र ग्रुपले बिक्री गरिरहेका छन् । फुल चार्जमा २ सय किलोमिटरको रेञ्ज दिने यो कारको मूल्य २० लाख ९९ हजार रुपैयाँ मात्रै छ । अर्को कारले ३ सय किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । यो कारको मूल्य अटो शोमा २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।