नाडा अटो शो : गाडी कर्जामा कुन बैंकको ब्याज कति ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२३’ भैरहेको छ । यस अटो शोमा ४५ ब्राण्डको उत्पादन प्रदर्शनी गरिएको छ । अटोमोबाइल्स को कुम्भ मेला मानिने यो नाडा अटो शोमा गाडी किन्नको लागि बुकिङ गर्न बैंकहरुले फाइनान्सिङ सेवा दिन आफ्ना स्टलहरु समेत राखेका छन् । उनीहरुले अटो लोनको रेट तोकिदिएका छन्। नाडा अटो शोमा गाडी किन्न कुन बैंकले कतिमा दिन्छन लोन हेरौ।

नबिल बैंक : ईभी खरिदमा ५ र ७ वर्षका लागि स्थिर ब्याजदरमा ५ वर्षका लागि १०.४९ प्रतिशत र ७ वर्षका लागि १०.९९ प्रतिशत र डिजेल पेट्रोल तथा आईसी इन्जिनका लागि ५० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ सुविधा ।

लक्ष्मी सनराइज बैंक : ईभी खरिदमा बेस रेटमा १ प्रतिशत प्रिमीयम र डिजेल पेट्रोलबाट चल्ने गाडीमा १.५ प्रतिशत प्रिमीयम थप गर्ने ।
इलेक्ट्रिक र डिजेल पेट्रोलबाट चल्ने गाडीका लागि १२.५ प्रतिशतमा ५ वर्षका लागि फिक्स्ड रेटमा फाइनान्सिङ सुविधा उपलब्ध गराउने ।

प्रभू बैंक : इलेक्ट्रिक भेहिकलमा आधार दरमा २ प्रतिशत प्रिमीयम लिने तथा नाडा शो अवधिभरीमा १ प्रतिशत प्रिमीयम लिने । फाइनान्सिङ सुविधा ५ वर्षका लागि हुनेछ ।

ग्लोबल आईएमई बैंक : इलेक्ट्रिक प्राइभेट गाडी खरिदमा १०.४९ प्रतिशत ब्याजदर र ०.५० प्रतिशत सेवा शुल्क हुनेछ । फ्यूल इन्जिनमा १०.९९ प्रतिशत ब्याजदर र ०.७५ प्रतिशत सेवा शुल्क लाग्नेछ । कमर्सियल इलेक्ट्रिक गाडीमा ११.४९ प्रतिशत ब्याजदर र ०.५० प्रतिशत सेवा शुल्क तथा फ्यूल इन्जिनमा १२.४९ प्रतिशत ब्याजदर र ०.७५ प्रतिशत सेवा शुल्क लाग्नेछ ।

हिमालयन बैंक : इलेक्ट्रिक र नन् इलेक्ट्रिक गाडीका लागि ११.९९ प्रतिशतमा फाइनान्सिङ सुविधा नोभेम्बर १३ सम्म दिनेछ भने गाडीको खरिदमा ८ वर्षको कर्जा अवधि हुनेछ ।

सानिमा बैंक : इलेक्ट्रिक र फ्यूल इन्जिन दुवै गाडीमा ७ वर्षका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा सुविधा दिनेछ । तर नाडा अटो शोमा गाडी बुकिङ गर्नुपर्नेछ । कर्जा सेवा शुल्क ०.५ प्रतिशत रहेको छ ।