
पार्टी रूपान्तरण अभियानः मतदातामाझ पुगेर गोरखाबाट प्रचण्डले दिएका तीन सन्देश
माओवादी केन्द्र तीन महिने पार्टी रूपान्तरण महाअभियानमा छ। यसै क्रममा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगे । गोरखाबाट प्रचण्ड सरकार र पार्टीबारे तीन सन्देश दिएका छन् ।
पहिलो उनले पार्टी रूपान्तरण गरेरै छाड्ने कसम खाए भने, दोस्रो शहिदको सपना पूरा गर्ने वाचा गरे। तेस्रो उनले आफ्नो कार्यकालमा भ्रष्टाचारका दोषी नउम्किने प्रष्ट पारेका छन्।
शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लिग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको पनि बताए।
उनले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्। ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ। अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ। यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु,’ माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ।’
जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे। सरकारले सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिएको उनको भनाइ छ।
भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउमाउनेहरू अत्तलिएको बताउनु उनले बताए। सुशासन र समृद्धिलाई प्राथमिकता दिंएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्रीले बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्चज आयोजना सुरूवात गरिएको बताए।
जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे ।
अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताए । सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिएको उनले बताए ।
भ्रष्टाचार अभियानमा कठोर
प्रचण्डले कानुन ठूला नेता, मन्त्री, सचिवदेखि गरिब र निमुखासम्मलाई एउटै हुने दाबी गरेका छन्। गोरखाकै सिरानचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यविरुद्ध झेलि गर्नेहरूलाई कानुनको घेरामा ल्याइने बताए।
‘हामीले एउटा नयाँ अभियान सुरु गरेका र्छौं। न्याय वा कानुन खाली एउटा गरिब र निमुखालाई मात्रै लाग्छ, ठूला नेता, मन्त्री, सचिव वा पदाधिकारीहरूलाई कानुन लाग्दैन भन्याजस्तो जुन बुझाइ थियो त्यसलाई बदल्ने जमर्को अहिलेको सरकारले गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यदि कोही दोषी छ भने मन्त्री भएपनि, नेता भएपनि, सरकारी पदाधिकारी, कर्मचारी भएपनि कसैले छुट पाउन सक्दैन। माथिबाट दोषीलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिएको छ।’
साथै, उनले दोषी पत्ता लगाउँदै जाँदा भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्दै जाँदा आफू नै परेपनि गिरफ्तार गर्न निर्देशन दिएको बताए।
‘कतिपय मानिसहरूलाई यो अभियानमा प्रचण्डले आफ्ना मान्छेलाई बचाउँछ, आफ्ना परे भने तीनिहरुमाथि कारबाही नगर्ने, अरुलाई गर्ने भनेर प्रचार भयो। मैले अनुसन्धानकर्ताहरुलाई भनेँ– यदि तपाईंहरूले दोषी पत्ता लगाउँदै जाँदा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा अनुसन्धान गर्दै जाँदा त्यहाँ प्रचण्ड भएपनि नछाड्नुस्, मलाई भएपनि बयान पनि लिनुपर्छ, जरुरि भए गिरफ्तार पनि गर्नुपर्छ भनेर निर्देशन दिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले सरकारको भ्रष्टाचारविरोधी अभियान सामान्य नभएको पनि बताए। ‘यो अभियान सामान्य अभियान होइन। यो निरन्तर अघि लानुपर्छ। जबसम्म माथिदेखि तलसम्म भ्रष्टाचारको जालो तोडिएर सुशासन स्थापित हुँदैन यो अभियान रोकिन हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने।
