रुपान्तरण अभियानसँगै प्रचण्डको सन्देशः जनतामा आएको उत्साहमै पार्टी सुदृढीकरण
नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु भएकाे छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गरेका छन् ।
पेरिसडाँडाबाट अभियानकाे उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतमा सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले ठूलो उत्साह पैदा गरेको र त्यसकै बलमा पार्टी सुदृढीकरण गर्नुपर्ने बताए। उद्घाटनपछि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् ।
माओवादी केन्द्रले देशका ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक अभियानको उद्घाटन गर्दैछ । ‘जनजनमा माओवादी, मनमनमा माओवादी’को नारासहित हरेक गाउँबस्ती र जनताको घर घरमा पुग्ने लक्ष्यसहित माओवादी केन्द्रले आजदेखि ३ महिने अभियान सुरु गरेको हो । २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने गरी माओवादीले ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने भएको हो ।
सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको पनि प्रचण्डको भनाई । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्याउने गरी पार्टी र जनवर्गीय संगठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।
माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरूलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।