पेट्रोल, डिजल, मट्टितेल र ग्याँसको मूल्य बढ्यो

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४, डिजल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २३५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ । बिहीबार बेलुका निगम सन्चालक समितिको बैठकले गरेको यो निर्णय बिहीबार मध्यरातिदेखि नै लागू हुने छ ।

भारतको इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने गरी स्वचालित मूल्य प्रणाली लागू गरेको छ ।

हेर्नुहोस् निगमको निर्णय-