
संसदिय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको नाम अनुमोदन गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभव समेतलाई आधार बनाई समितिले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले जानकारी दिनुभयो ।
यसअघि बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो भावी कार्ययोजना समिति समक्ष पेस गर्नुभएको थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गत साउन २० गते उमेरहद्दका कारण सेवाबाट अवकाश लिनुभएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
