
संसद विघटनप्रति ओलीकाे अझै प्रेम : ओली भन्छन्- `त्याे सही थियाे´
निरन्तर संसद अवराेध गर्दै आईरहेकाे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसददविघटन कदमकाे पुनः बचाउ गरेका छन् ।
मंगलबार नेकपा एमाले वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको बताए ।
उनले आफ्नो प्रधानमन्त्रीकालमा प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने पनि जिकिर गरेका छन् । त्यसबेला आफूहरुलाई ‘झुण्ड्याएर मार्ने डोरी’ बनाइएको भन्दै आफूले संसद् विघटन गरिदिएर सो ‘डोरी छिनाल्दिएको’ दाबी गरे ।
साथै उनले प्रतिनिधिसभा विघटन त्यसबेलाको अपरिहार्यता भएको भन्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरेका छन् ।
