
केशव स्थापितले छाडे एमाले, कता जालान् ?
एक जमानाका चर्चाको शिखरमा रहेका काठमाडौं महमनगरपालिकाका मेयर केशव स्थापिले अन्ततः नेकपा एमाले छाडेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका केशव स्थापित पार्टी कमिटीबाट अलग भएका हुन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्राय: निष्क्रिय थिए ।
हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएका थिए । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बतायो । एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट बिदा गरेको छ ।
