माओवादीमा नीति, विचार, नेतृत्वमा कुनै अन्तरविरोध छैन : लिलामणी पाेखरेल
प्रेस सेन्टर नेपाल मधेस प्रदेश समितिकाे साधारणसभा नेपालकाे ऐतिहासिक साँस्कृतिक नगरी जनकपुरमा शुरू भएको छ ।
प्रदेश अध्यक्ष किरण कर्णकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा नवनियुक्त मधेस प्रदेश इन्चार्ज लिलामणि पाेखरेलले माओवादीमा अहिले नीति, विचार, नेतृत्वमा र कार्यविधिमा अन्तरविरोध नभएको बताएका छन् । पाेखरेलले माओवादीले नेपालकाे राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणकाे अभियानकाे नेतृत्व गरेकाे बताएका छन् ।
नेपालकाे शक्ति सन्तुलनमा वर्तमान संविधानलाई सम्झौताकाे दस्तावेज बनाएकाे भएतापनि माओवादी आफ्नो एजेन्डा र मान्यताबाट पछि नहटेकाे बताए । उनलेे माओवादीकै बलमा संविधानमा समाजवाद शव्द राखिएको र त्यसलाई प्राप्त गर्ने दिशामा सरकारले काम गरिरहेको बताए ।
उनलेे माओवादी नभएको भए गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकतासहितको संविधान बन्न नसक्ने बताए
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगल, उपाध्यक्षहरू निर्मल ज्ञवाली, गाेविन्द देवकोटा, महासचिव सन्तोष पाैडेल, माओवादी केन्द्रका स्थायी समिति सदस्य प्रल्हाद बुढाथोकी, नेपाललपत्रकार महासंघका नेताहरू र प्रेस सेन्टर नेपालका नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको छ ।