नागरिकता नियमावलीको मस्यौदा अन्तिम चरणमा : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता ऐन कार्यान्वयनका लागि आवश्यक नियमावलीको ड्राफ्ट तयार पार्ने कार्य लगभग तयार भएर अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
आज नागरिकता ऐनको कार्यान्वयन अवस्था सम्बन्धी सञ्चारकर्मीहरूसँगको छलफल विषयक एक कार्यक्रममा गृहमन्त्री श्रेष्ठले नागरिकता ऐनको नियमावलीको मस्यौदा तयार भएको र त्यसाई छिटै मन्त्रिपरिषद्मा लैजाने तयारी भएको जानकारी गराउनुभएको थियो ।
गृहमन्त्री श्रेष्ठले नागरिकता पाउने नेपालीहरूले नागरिकता नपाउँदा परेको अप्ठ्याराका गाँठो फुकाउनैका लागि नागरिकता ऐन आएको र त्यसमा भएका समस्या समाधान गर्ने गरी नियमावली ल्याउने तयारी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, विगतमा देखिएका नागरिकता सम्बन्धी समस्या हल गर्ने गरी नागरिकता ऐन आएको र नियमावली आएपछि सर्वोच्चको पूर्ण पाठ पर्खिरहनु पर्दैन ।”
यस्तै सोही कार्यक्रममा उपसचिव एवं नागरिकता शाखा प्रमुख विष्णुबहादुर खड्काले बैङ्कमा खाता खोल्न र लोकसेवाको फारम भर्नका लागि हाल तीन पुस्ते विवरण चाहिने अवस्था रहेकामा अङ्गीकृत नागरिकता लिएकाहरूको हकमा भने तीन पुस्ते नचाहिने व्यवस्था गर्न गृहमन्त्रालयले सम्बन्धित निकायमा पत्राचार गरेर अघि बढ्नसकिने र तत्काल त्यो व्यवस्था कार्यान्वयन गरिने उल्लेख गर्नुभयो।
साथै कार्यक्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले नागरिकतामा देखिएका समस्या हटाउन कानुन संशोधनका साथै व्यवहारिक पक्षमा सुधार गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।