माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक शुरू, अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश
सत्तारूढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ । संघिय राजधानीकाे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो सुरु भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।
बैठकको सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले निर्वाचनमा धेरै सिट नल्याएको भएतापनि राजनीतिक नेतृत्व र जनताका परिवर्तनका एजेन्डाकाे नेतृत्व गर्न पार्टी सफल भएको बताउनुभयो । उहाँले माओवादी अहिले आफुले भनेजस्तो र साेचेजस्ताे पार्टीजस्तो नभएको टिप्पणी गर्नुभएकाे हाे । उहाँले गठबन्धन सरकारले जनताको पक्षमा काम गरेको भन्दै उनले केन्द्रीय समिति बैठकले अझ प्रभावकारी बनाउने बताउनुभयाे ।
उहाँले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै यसलाई अवसरमा बदल्नुपर्ने बताउनुभयाे । त्यसका लागि कमीकमजोरी स्वीकार्न डराउन नहुने पनि प्रचण्डको भनाइ छ । बैठकमा प्रचण्डले प्रस्ताव पेश गर्दै आगामी मंसिरमा विधान सम्मेलन गर्ने र त्यसपछि विशेष अधिवेशन गर्ने प्रस्ताव गर्दै भदाै असाेज र कार्तिक ३ महिना अभियान सञ्चालन गर्ने र सबै केन्द्रीय सदस्यहरू जनतासँग प्रत्येक्ष रूपमा जाेडिएर संगठन विस्तार र सुदृढ गर्ने पनि प्रस्ताव गर्नुभएको छ ।