खाना पकाउने ग्याँसको मूल्य १३० रुपियाँले घट्याे

मूलखबर संवाददाता
काठमाडौं, १६ साउन

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ ।

यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिनुभएको हो ।

नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ ।

हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।