
म्यान्मारकी नेतृ सुची पुनः नजरबन्दमा
म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ ।
बीबीसीका अनुसार सोमबार उनलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो ।
उनलाई यस अघि एक वर्ष एकान्त कारावासमा राखिएको थियो । ७८ वर्षीया उनलाई ३३ वर्षको सजाय सुनाइएको थियो । सन् २०२१ फेब्रुअरीमा सेनाले म्यान्मारमा ‘कु’ गरेर सुचीलाई हिरासतमा लिएको थियो ।
