
कांग्रेस बैठक आज पनि बस्दै, आजै बैठककाे निर्णय सार्वजनिक गर्ने
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक बुधबार अपराह्न ४ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ ।
आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिलाई सम्बोधन गर्ने र आज नै केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने बताइएको छ ।
कांग्रेसले केन्द्रीय समिति बैठक पहिलोपटक लाइभ गरेको थियाे । केन्द्रीय समिति बैठकमा सरकार, पार्टी, विभाग, आगामी कार्ययाेजनाबारे छलफल भएको थियाे ।
