
कम्बोडिया निर्वाचन पर्यवेक्षणपछि फर्किए एमाले अध्यक्ष ओेली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियाकाे निर्वाचन पर्यवेक्षणपछि फर्किएका छन् । उनी एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका हुन् । उनी यही साउन २ सोमबार निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ गएका थिए । भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित छ जनाको सहभागिता रहेको थियो ।
कम्बोडिया अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गरेका थिए । साथै श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेका एमाले सचिवालयले जानकारी दिएको छ । साथै ओलीले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षणसमेत गरेका थिए । रासस
