प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान, शिखर सम्मेलनलाई सम्बाेधन गर्ने

मूलखबर संवाददाता
काठमाडौं, ६ साउन

सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा निस्कनुभएकाे छ । प्रधानमन्त्री प्रचण्ड जिवनसाथी सीताकाे निधनपछि पहिलोपटक ओैपचारिक विदेश भ्रमणमा निस्कनुभएकाे हाे । उहाँ २० सदस्यीय टाेलीसहित त्रिभुवन विमानस्थलबाट इटाली प्रस्थान गर्नुभएको हाे ।

साउन ८ देखि १० गतेसम्म आयोजना हुने उक्त शिखर सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ इटालीको रोम प्रस्थान गर्नुभएकाे हाे ।

प्रधानमन्त्रीले इटालीमा संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्रीका स्वकिय सचिव एवम् छाेरी गंगा दाहाल, प्रेस संयाेजक सुर्यकिरण शर्मा रहेका छन् ।

प्रधानमन्त्रीलाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव वैकुण्ठ अर्याल लगायत नेताहरु विमानस्थल पुगेका थिए ।